२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउ : मन्त्रालय

२०७७, १२ मंसिर शुक्रबार १२:२०

मङ्सिर १२, काठमाडौँ (रासस) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को विरुद्धमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन सबै कोभिड–१९ अस्पताललाई निर्देशन दिएको छ । 

आज मन्त्रालयको सचिवस्तरिय बैठकले जोखिम भत्ता उपलब्ध गराउन सबै कोभिड अस्पताललाई निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँले कोभिड–१९ को विरुद्धमा काम गर्ने कर्मचारीको असोजसम्मको जोखिम भत्ता सबै अस्पताललाई पठाइसकेकाले यथाशीघ्र उपलब्ध गराउन निर्देशन दिनुभएको बताउनुभयो । 

उहाँका अनुसार मन्त्रालयले असोजसम्मको कोभिड सङ्क्रमितको उपचार खर्चसहित जोखिम भत्ता रु ६६ करोड ८७ लाख ४५ हजार अस्पतालमा पठाइसकेको छ । मन्त्रालयले कात्तिकको जोखिम भत्ता र सङ्क्रमितको उपचार खर्चको रकम पठाउने क्रममा रहेको छ । 

मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको परीक्षण र उपचारमा संलग्न रहेका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्ने गुनासो विभिन्न सञ्चारमाध्यमा आएका प्रति पनि ध्यानाकर्षण भएको जनाएको छ । 

‘कोभिड–१९ अस्पताललाई ‘कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उपचारवापत अस्पताललाई अनुदान उपलब्ध गराउने आदेश–२०७७’ बमोजिम कोभिड–१९ सङ्क्रमितको प्रति बिरामी प्रतिदिनका हिसाबले असोज मसान्तसम्मको रकम निकासा भइसकेको छ ।

उहाँले निर्देशन दिँदै भन्नुभएको छ, “निकासा भएको सोही रकमभित्रै स्वास्थ्यकर्मीको जोखिम भत्तासमेत समावेश गरी पठाइएकाले कोभिड–१९ का क्रममा खटिएर निर्देशिकाअनुसार भुक्तानी नगर्ने नगराउने कोभिड अस्पताल सबैलाई निर्देशिका बमोजिम यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन निर्देशन गरिन्छ ।”

सरकारले कोभिड–१९ को उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश–२०७७ अनुसार जोखिममा रही कामकाज गर्ने सबै किसिमका जनशक्तिलाई जोखिम भत्ता वितरण गर्ने भएको थियो । कोभिड–१९ को रोकथाम र उपचारका लागि खटिने स्वास्थ्यकर्मीलाई ५० देखि शतप्रतिशत जोखिम भत्ता उपलब्ध गराउने आदेशमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा