Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पछिल्लो २४ घण्टामा १२५५ जनामा कोरोना संक्रमण पुष्टि

By kit 1 मिनेट पढाइ

<p><b>मंसिर १४, काठमाडौं | </b>पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।<br></p><p>यससँगै कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । उनीहरुमध्ये २ लाख १२ हजार ५९० जना संक्रमणमुक्त भएका छन् भने १४७९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर १७ हजार ९०९ संक्रिय संक्रमित छन् |</p>