साउन १९, काठमाडौं | तीन दिनदेखि कांग्रेस, माओवादी केन्द्र र संघीय गठबन्धनले थालेको सहमति प्रयास मंगलबार साँझसम्म निष्कर्षमा नपुग्दा अलपत्र पर्ने देखिएको छ।

बुधवार बिहानसम्म संवादमा प्रगति नभए मधेसी मोर्चासहितको २९ दलीय संघीय गठबन्धनले प्रधानमन्त्रीका प्रत्यासी पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन नगर्ने घोषणा गरेको छ।

गठबन्धनसित ४२ सांसद छन्। गठबन्धनका संयोजक उपेन्द्र यादवले कांग्रेस र माओवादीसँग हुन लागेको सम्झौतामा धोका भएकाले प्रधानमन्त्री चुनावमा प्रचण्डलाई भोट नहाल्ने बताए।

मंगलबार साँझसम संसद भवन नयाँ बानेश्वरमा बसेको बैठक निष्कर्षविहीन टुंगिएपछि यादवले विना सम्झौता भोट खसाल्नुको कुनै अर्थ नहुने बताएका हुन्। – कान्तिपुर दैनिक

August 3, 2016
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
गठबन्धनसँगको सहमतिः बिथोलियो, कुरा नमिले प्रचण्डलाई भोट नहाल्ने
By साझासवाल
2 मिनेट पढाइ