७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?

५ पुष २०७७, आईतवार ०८:०१

पुस ५, नयाँदिल्ली (रासस/सिन्ह्वा)। भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आइतबारसम्म एक करोड भन्दा बढी भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ६२४ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या १ करोड ३१ लाख पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

गत २४ मा भारतमा कोरोना संक्रमणको कारण ३४१ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४५ हजार ४७७ जना पुगेको छ । भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा १ हजार १३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको र ३२ जनाको संक्रमणको कारण मृत्यु भएको छ । 

मन्त्रालयको पछिल्लो विवरणमा ९५ लाख ८० हजार  व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा तीन लाख ५ हजार ३४४ सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १६ करोड ११ लाख ९८ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार