२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोपेली युनियनका मुलुकमा कोरोना खोप निर्णयको प्रतीक्षा

२०७७, ६ पुष सोमबार ०९:४०

पुस ६, दी हेग (रासस/एएफपी)। युरोपेली युनियनको औषधि नियामक निकायले सोमबार फाइजर–बायोएनटेकले उत्पादन गरेको खोप प्रयोग गर्ने वा नगर्ने बारेमा निर्णय गर्ने भएको छ । कोरोनाभाइरसका कारण जनजीवन अस्तव्यस्त भइसकेको अवस्थामा खोप लगाउने बारेमा युरोपेली युनियनमा छटपटी शुरु भइसकेको छ ।

आम्र्सटर्डमस्थित मुख्यालय रहेको युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले डिसेम्बर २९ अघि नै खोप लगाउन अनुमति दिने सम्भावना छ । जर्मनी र अरु युरोपेली मुलुकहरुले लगातार दबाब दिएपछि इएमएले फाइजरको खोप स्वीकृत गर्न लागेको हो ।

बेलायत र संयुक्तराज्य अमेरिकाले यसअघि नै फाइजरका खोप प्रयोगमा ल्याइसकेका छन् । यो खोप अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले विकास गरेका छन् । यस खोपलाई आपतकालीन प्रयोगका लागि अमेरिकी औषधि नियामक निकाय (एफडिए) ले अनुमति दिएको थियो ।

युरोपेली युनियनमा आबद्ध २७ मुलुकले आगामी डिसेम्बर २७ देखि खोप लगाउने तयारी गरेका छन् तर इएमएले एक वर्षका लागि शःसर्त अनुमति प्रदान गर्न लागेको युरोपेली आयोगले जनाएको छ । 

इएमएले खोप स्वीकृत गर्ने बारेमा गहन अध्ययन र परामर्श गरिरहेको जनाएको छ । इएमएका प्रमुख एमर कूकले गत साता कोभिड–१९ को खोपको मूल्याँकन गर्न आफ्नो निकायले दिनरात काम गरिरहेको बताउनु भएको छ । 

इएमएको बारेमा निर्णय सोमबार हुनेछ, तर यस मितिमा निर्णय नभए डिसेम्बर २९ मा अर्को बैठक बस्नेछ, उहाँले जानकारी दिनुभयो । अमेरिकी फर्मास्युटिकल्स कम्पनी मोडर्नाको खोप बारेमा भने जनवरी ६ मा निर्णय गर्ने इएमएले जनाएको छ ।

फाइजर–बायोएनटेकको खोप ९५ प्रतिशत प्रभावकारी रहेको प्रमाणित भइसकेको छ । यस खोपलाई माइनस ७० डिग्री सेल्सियसमा राख्नु पर्दछ र झण्डै तीन साताको अन्तरालमा दुई डोज दिनु पर्दछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित