Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पछिल्लो २४ घण्टामा ६५९ जनामा कोरोना संक्रमण पुष्टि

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस १३, काठमाडौँ ।</b> नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला गरिएको पिसिआर परिक्षणमा ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।<br></p><p>हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् । मन्त्रालयका अनुसार,पछिल्लो २४ घण्टामा ७१८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको छ।</p><p>त्यस्तै,यसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ३२ पुगेको छ ।</p>