पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>पुस १६, काठमाडौँ ।</b> नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला गरिएको पिसिआर परिक्षणमा ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।<br></p><p>हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् । मन्त्रालयका अनुसार,पछिल्लो २४ घण्टामा ४४७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ।</p><p>त्यस्तै,यसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ५६ पुगेको छ ।</p>

