Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

२४ घण्टामा ५२२ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या कति ?

By kit

<p><b>पुस २१, काठमाडौँ ।</b> नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला गरिएको पिसिआर परिक्षणमा ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।<br></p><p>हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् । मन्त्रालयका अनुसार,पछिल्लो २४ घण्टामा ५७८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको छ ।</p><p>त्यस्तै,यसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९३ पुगेको छ ।</p>