३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी सिनेटमा डेमोक्रेट उम्मेदवार एक स्थानमा विजयी

२२ पुष २०७७, बुधबार ०८:१३

पुस २२, एटलान्टा | अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मंगलबार भएको निर्वाचनमध्ये एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन् । अमेरिकी संचारमाध्यमको नेटवर्कले जर्जिया राज्यको एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार राफेल वार्नोक विजयी भएको भएको जनाएका छन् । यस स्थानमा हाल रिपब्लीकन पार्टीबाट सिनेटर केल्ली लोफलर पुनः उम्मेदवार हुनुहुन्थ्यो ।  सिबिएस, एनबिसी र सिएनएनले सिनेटर केल्ली झिनो मतान्तरले पराजित हुनु भएको जनाएका छन् । यद्यपी केल्लीले आफूले हार स्वीकार्नु भएको छैन । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि यो पराजय निकै पिडादायी हुने अनुमान गरिएको छ । जर्जियाकै अर्को स्थानका लागि भएको निर्वाचनको मतगणना जारी छ, र त्यहाँ पनि रिपब्लीकन र डेमोक्रेट पार्टी दुबैका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । 

यदि दुबै स्थानमा डेमोक्रेट पार्टी विजयी भएमा सिनेटमा डेमोक्रेट पार्टीको बहुमत पुग्नेछ, र उहाँले आफूले चाहेका योजना र कार्यक्रम सहजै पारित गराउन सक्नु हुनेछ । तर रिपब्लीकन पार्टीले एक स्थान जिते पनि सिनेटमा रिपब्लीकनको बहुमत कायम हुनेछ । 

अमेरिकी राजनीतिक प्रणालीमा माथिल्लो सदन सिनेटलाई निकै शक्तिशाली मानिन्छ, जसले राष्ट्रपतिका हरेक कार्यमाथि कडा निगरानी राख्न सक्छ । (रासस–एएफपी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट