Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय नाघ्यो

By kit 2 मिनेट पढाइ

<p><b>पुस २३, काठमाडौँ ।</b> नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ३ पुगेको छ । पछिलो २४ घन्टामा ४ जनाको मृत्यु भएको हो ।<br></p><p>त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला गरिएको पिसिआर परिक्षणमा ४१२जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् । </p><p>मन्त्रालयका अनुसार,पछिल्लो २४ घण्टामा ४८३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको छ ।</p>