<p><b>माघ ५, काठमाडौँ । </b>सोमबार सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा प्रतितोला रु २ सयले घटेर छापावाल सुनको मूल्य ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । <br></p><p>यसअघि आइतबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । </p><p>महासंघका अनुसार आइतबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो । </p>
घट्यो सुनको मूल्य
