पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ ८, काठमाडौं । </b>नेपालमा पछिल्लो २४ घन्टामा ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३३६ जनामा संक्रमण पुष्टि भएको हो | <br></p><p>योसंगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | मन्त्रालयका अनुसार २४ घन्टामा २२६ जना कोरोना संक्रमण मुक्त भएका छन् | योसंगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ | </p><p>त्यस्तै २४ घन्टामा ४ जनाको मृत्यु भएको छ | योसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ७९ पुगेको मन्त्रालयको तथ्यांक छ |</p>

