<p><b>माघ १३, काठमाडौँ । </b>मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा प्रतितोला छापावाल सुनको मूल्य बढेर ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।<br></p><p>सोमबार छापावाल सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै मंगलबार चाँदीको मूल्य भने सामान्य घटेको छ । </p><p>अघिल्लो दिन तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको हो । </p>
January 26, 2021
अर्थ/विकास, काठमाडौँ - KTM
सुनको मूल्य बढ्यो
By kit
2 मिनेट पढाइ










