Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रहरीलाई भाग लागेन कोरोना खोप

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ १५, काठमाडौं । जोखिम मोलेर कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई कोरोना खोप वितरणमा सरकारले विभेद गरेको छ । स्वास्थ्यकर्मी जत्तिकै फ्रन्टलाइनमै खटिने भए पनि प्रहरीलाई कसरी र कहिले खोप लगाउने भन्ने विषयमा सरकारले सूचीसमेत तयार पारेको छैन ।&nbsp;&nbsp;</p><p>सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई कोभिड खोप लगाउने भन्दै बुधबारदेखि खोप अभियान सुरु गरेको छ । परिचालनको हिसाबमा अग्रपंक्तिमा रहने प्रहरीलाई खोप लगाउने सम्बन्धमा भने योजना बनाइएको छैन । सरकारले चासो नदिएपछि जोखिम मोलेर ड्युटीमा खटिने प्रहरीमा निराशा छाएको छ ।&nbsp;&nbsp;</p><p>त्यसो त सरकारले कोरोना महामारीको बेला खटिने प्रहरीलाई कोभिड सुरक्षा भत्तासमेत दिएको छैन । २४सै घण्टा जोखिमपूर्ण क्षेत्रमा सुरक्षार्थ खटिँने उनीहरूलाई कोरोना खोप वितरण नहुँदा त्यसले कर्मचारीमा थप जोखिम बढेको छ ।</p><p> लकडाउन खुलेसँगै नेपाल प्रहरी भीडभाड र जोखिमपूर्ण क्षेत्रमा खटिँदै आएको छ । नेपाल प्रहरीका ७ हजारभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भइसकेको छ । केही कार्यालयमा कोरोना थप फैलन सक्ने डर देखिएको छ । यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।&nbsp;</p>