Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

फुल्चोकी जंगलमा घुम्न गएर हराएका ९ जनाको प्रहरी द्वारा सकुशल उद्धार

By kit 3 मिनेट पढाइ

<p><b>फागुन २, काठमाडौँ । </b>ललितपुरको गोदावरी स्थित फुल्चोकी डाँडामा घुम्न गएर हराएका ९ जनाको प्रहरीले सकुशल उद्दार गरेको छ । शनिबार घुम्न गएका ९ जना व्यक्ति हराईरहेको भन्ने जानकारी प्राप्त हुने हुनासाथ महानगरीय प्रहरी प्रभाग लाकुरीभञ्ज्याङ ललितपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई अलपत्र अवस्थामा महालक्ष्मी नगरपालिकका वडा नं. १० मानेदोभानबाट उद्दार गरेको हो ।<br></p><p>कैलालीको धनगढी उपमहानगरपालिका घर भई हाल जिल्ला काठमाण्डौ शान्तिनगर २५ बस्ने बर्ष २० को पारस ऐर,सोहि ठाउँका २० बिकाश जोशी, आर्यन के.सी. बर्ष २१ को सुदिप राज जोशी, बारा निजगढ घर भई हाल तिनकुने बस्ने बर्ष २१ को प्रशान्त पौडेललाई उनीहरुका आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।</p><p>यस्तै दार्चुलाको मार्मा गाउँपालिका घर भई हाल जिल्ला काठमाण्डौ किर्तिपुर १८ बस्ने बर्ष २० को रबिन्स ओझा, सिराह मिरचैया ५ घर भई हाल जिल्ला काठमाण्डौ शंखमुल ३१ बस्ने बर्ष २० को विवेक शाह, जिल्ला मोरङ उर्लाबारी २ घर भई हाल जिल्ला काठमाण्डौ शंखमुल बस्ने बर्ष २० को आर्यन थापा,पाल्पा घर भई हाल जिल्ला काठमाण्डौ तिनकुने बस्ने बर्ष २० को प्रविन पन्त रहेका छन् ।</p>