साउन २२, काठमाडौं | ग्यास सिलिन्डर विस्फोट भएमा पीडितले एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् । एलपी ग्यास उद्योग संघले झन्डै दुई महिनाको तयारीपछि सिलिन्डर विस्फोट भए क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । 

संघको शुक्रबार बसेको ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २२, काठमाडौं | ग्यास सिलिन्डर विस्फोट भएमा पीडितले एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् । एलपी ग्यास उद्योग संघले झन्डै दुई महिनाको तयारीपछि सिलिन्डर विस्फोट भए क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । 

संघको शुक्रबार बसेको ब"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब ग्यास सिलिन्डर विस्फोट भए पीडितले एक करोडसम्म क्षतिपूर्ति पाउने

२२ श्रावण २०७३, शनिबार ०१:३७

साउन २२, काठमाडौं | ग्यास सिलिन्डर विस्फोट भएमा पीडितले एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् । एलपी ग्यास उद्योग संघले झन्डै दुई महिनाको तयारीपछि सिलिन्डर विस्फोट भए क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । 

संघको शुक्रबार बसेको बैठकले एउटा दुर्घटनाको क्षतिपूर्ति १ करोडसम्म व्यहोर्ने निर्णय गरेको अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए। ग्यास सिलिन्डर विस्फोटका घटना बढ्दै गएपछि उद्योगीले ४ असारमा विशेष भेला गरेर समान क्षतिपूर्तिको व्यवस्था लागू गर्ने निर्णय गरेका थिए।

जुनसुकै कम्पनीको सिलिन्डर विस्फोट भएमा पनि पीडितले समान क्षतिपूर्ति पाउनेछन्।

केमा कति क्षतिपूर्ति?

मृतकलाई १० लाख  

सिलिन्डर विस्फोटबाट मृत्यु भएकाका प्रतिपरिवारलाई १० लाख रुपैयाँका दरले क्षतिपूर्ति दिइनेछ । ‘एकजनाको मृत्यु भए परिवारले १० लाख, पाँच जनासम्मको मृत्यु भएमा ५० लाखसम्म क्षतिपूर्ति दिइनेछ,’ ग्यास उद्योग संघका अध्यक्ष भने । एउटै घटनामा ६ वा सोभन्दा बढीको मृत्यु भएमा ५० लाख रुपैयाँलाई नै दामासाहीले उपलब्ध गराइने उनले बताए ।

भौतिक क्षतिपूर्ति ४० लाख

सिलिन्डर विस्फोटबाट भौतिक क्षति भएमा अधिकतम् ४० लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराइनेछ। एउटा दुर्घटनामा त्यसभन्दा धेरै क्षति नहुने संघको बुझाइ छ।

१० लाख उपचार खर्च

विस्फोटबाट घाइते हुनेलाई १० लाखसम्मको उपचार खर्च दिइनेछ। उपचार गर्दागर्दै घाइतेको मृत्यु भएमा उपचार खर्च नघटाई मृतक परिवारले पाउने प्रतिव्यक्ति १० लाख वा अधिकतम् ५० लाख उपलब्ध गराइने उनले बताए । – नयाँ पत्रिका दैनिक  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान