फागुन २३, काठमाडौं । विमानमा कुनै यात्रुले लुकाइछुपाई साथै लान खोजिएको आशंका गरिएको एउटा पाल्तु बिरालोले दुर्भाग्यवश अचानक पाइलटलाई नै आक्रमण गरेपछि उडिरहेको विमानको आपतकालीन अवतरण गराउनुपरेको छ ।

बुधबार कतारका लागि उडेको विमानमा अचानक ककपिट भित्र छिरेका ती बिरालोले पाइलट र चालकदलका अन्य सदस्यहरूलाई हमला गर्न थालेपछि तत्कालै सो विमान सुडानको राजधानी खार्तुमस्थित विमानस्थलमा फर्काइनुपरेको सञ्चार माध्यमले जनाएको छ ।अल–सुडानी न्युजका अनुसार खार्तुम अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको करिब आधा घन्टापछि त्यो बिरालोले विमानभित्र हंगामा मच्चाएको थियो ।

त्यसलाई पक्रने सम्पूर्ण प्रयास असफल भएपछि विमानलाई आपतकालीन अवतरण गरिनु परेको थियो । अन्ततः त्यसबाट छुटकारा पाएपछि पुनः सो विमान आफ्नो गन्तव्यतर्फ उडेको थियो ।

तर, फोक्स न्युजले भने टार्को एभिएसनको सो विमानमा अघिल्लो रात नै कतैबाट बिरालो विमान भित्र छिरेको हुनुपर्ने अनुमान गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

March 7, 2021
काठमाडौँ - KTM, समाज
बिरालोले उडिरहेको विमानका पाइलटमाथि आक्रमण गरेपछि…
By साझासवाल
2 मिनेट पढाइ