साउन १, काठमाडौं | मलेसिया कामदारा पठाउन पुनः खुला भएको छ। अगष्ट १ देखि मलेसियाले विदेशी कामदार लिन खुला गर्ने निर्णय गरेको खबर आजको अन्नपूर्णमा छापिएको छ ।

अब नेपालसहित १५ वटा मुलुकबाट कामदार त्यहाँ जान सक्नेछन्। झन्डै सात महिनादेखि मलेसिया कामदार पठाउन बन्द हुँदा नेपाललाई सबैभन्दा बढी मार परेको थियो । यो सबैभन्दा धेरै नेपाली कामदार जाने मुलुक हो। रेमिट्यान्स पनि सबैभन्दा धेरै यही देशबाट आउने गर्छ।

मलेसियाले अबदेखि बंगलादेशबाट पनि कामदार लिने भएको छ। यसअघि १४ वटा स्रोत मुलुकमा राखिएकोमा अब बंगलादेश पनि थपेर १५ पुर्याइएको हो। बंगलादेश खुला गरेपछि नेपालीलाई भने कामदार पठाउन खुला भए पनि तुलनात्मक रूपमा घाटा हुने भएको छ। विगतमा बंगलादेश बन्द गरेकै कारण नेपालीले विविध अवसर पाएक थिए। निशुल्क भिसा र टिकटमा बंगलादेशसँग प्रतिश्पर्धा गर्न कठिन हुने व्यवसायीहरू बताउँछन्।

August 7, 2016
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
मलेसिया कामदार पठाउन खुला
By साझासवाल
2 मिनेट पढाइ