१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ क्षेत्रमा सफाइ

२६ फाल्गुन २०७७, बुधबार ०६:१७

फागुन २६, काठमाडौँ । महाशिवरात्रिको तयारीस्वरुप आज बिहान पशुपतिनाथ मूल मन्दिर क्षेत्र सफाइ गरिएको छ । महाशिवरात्रि पर्वलाई स्वच्छ र सफा वातवरणमा सम्पन्न गराउन पशुपति क्षेत्र विकास कोषले गठन गरेको वातावरण सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उपसमितिको आयोजनामा आज बिहान सफाइ गरिएको हो । 

सफाइबाट चार गाडी फोहर व्यवस्थापन गरिएको उपसमिति संयोजक एवं वाग्मती सफाइ अभियानकर्मी आशा पाण्डेले राससलाई जानकारी दिनुभयो । साधु सन्त एवं भक्तजनका लागि भण्डारा लगाएको स्थानमा बढी फोहर देखिएको पनि उहाँले बताउनुभयो । कोषले भण्डारा लगाउने जिम्मा पाएका सङ्घ संस्थाका पदाधिकारीलाई फोहर व्यवस्थापन गर्न निर्देशन दिएको छ । भण्डारा लगाउँदा आएको फोहर पशुपति क्षेत्रमा फालेमा कालोसूचीमा राखी अर्को पटकदेखि पशुपति क्षेत्रमा सेवा गर्ने अवसरबाट वञ्चित गरिने निर्देशन दिइएको छ । कोषले आज बेलुकी पशुपति क्षेत्रमा विशेष अनुगमन गर्ने जनाइएको छ । 

सफाइमा नेपाली  सेनाको काली दल गण, सशस्त्र प्रहरी बल, सामुदायिक  प्रहरी, पर्यटक प्रहरी, अधिकार  सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति,  तिलगङ्गा महिला समूह, कोषका कर्मचारीलगायत  विभिन्न  सङ्घ संस्थाको सक्रियतामा सफाइ गरिएको उपसमितिका सचिव भावना पराजुलीले बताउनुभयो । 

सो अवसरमा पशुपति क्षेत्रमा फोहर नगरौँ, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थललाई स्वच्छ राखौँ भनी जनचेतनामूलक अभियान पनि चलाइएको थियो । सफाइमा काली दल गणका प्रमुख सेनानी दिनेश बानियाँ नेतृत्वको समूह, कोषका निर्देशक भोलाप्रसाद सिटौलालगायत अधिकारीको पनि सक्रियता थियो । यसअघि गत शनिबार वाग्मती सफाइ महाअभियानले पनि महाशिवरात्रिका अवसरमा सूर्यघाटबाट आर्यघाटसम्मको नदी किनारमा सफाइ गरेको थियो । 

महाअभियानले आगामी फागुन २९ गते शनिबार पनि ४०९औँ हप्ताको वागमती सफाइ पशुपति क्षेत्रमै गर्ने उद्घोष गरेको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य डा माला खरेलले सुनाउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल