२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टोकियो क्षेत्रमा सङ्कटकाल अन्त्य गर्न विज्ञहरूको सिफारिस

२०७७, ५ चैत्र बिहीबार १५:२४

चैत ५, टोकियो (रासस/सिन्ह्वा) । जापानको राजधानी टोकियो क्षेत्रमा लगाइएको सङ्कटकाल अन्त्य गर्न विज्ञहरूले सिफारिस गरेका छन् । 

रोग सङ्क्रमणसम्वन्धी विज्ञहरू र यससम्वन्धी सरकारी अधिकारीहरूबीचमा भएको छलफलका क्रममा विज्ञहरूले सङ्कटकाल हटाउनु उपयुक्त हुने निश्कर्ष सुनाएका हुन् । 

कोरोनाभाइरसको महामारीको पछिल्लो अवस्थालाई हेरेर सङ्कटकाल हटाउनु पर्ने निश्कर्षमा बिहीबार उनीहरू पुगेका हुन् । 

उनीहरूको निश्कर्ष र सिफारिसका आधारमा जापानी प्रधानमन्त्रीले आइतबारदेखि लागु हुनेगरी सङ्कटकाल अन्त्य भएको घोषणा गर्ने तयारी भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

“रोग सङ्क्रमणसम्वन्धी विज्ञ, सरकारी अधिकारी र सरोकारवालाहरुले महामारीको पछिल्लो अवस्थालाई विश्लेषण गरेर सङ्कटकाल हटाउनु उपयुक्त हुने सुझाव दिएका छन्, त्यसैले सरकार सङ्कटकाल अन्त्य गर्ने निश्कर्षमा पुगेको छ,” कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन प्रुमख मन्त्री यासुतोशी निशिमुराले भन्नुभयो । 

सङ्कटकाल फिर्ता गर्नेसम्वन्धी पर्याप्त जानकारी अहिलेसम्म नदिइएको र यसलाई पत्रकार सम्मेलन गरेर सरकारी अधिकारीहरुले सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो