Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यस्तो छ आजको मौसम पूर्वानुमान

By kit 2 मिनेट पढाइ

<p><b>चैत ८, काठमाडौँ । </b>मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। हाल देशका प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।<br></p><p>यस्तै आजको दिउँसोको मौसमको अवस्थामा पहाडी भूभागहरुमा&nbsp; आंशिकदेखी सामान्य बदली हुने र देशको बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।</p><p>त्यस्तै, आज राति देशको पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।</p>