१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार महासङ्घ ६६औँ वर्षमा

१६ चैत्र २०७७, सोमबार ०७:४६

चैत १६, काठमाडौँ । नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासङ्घ ६६औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा महासङ्घले देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासङ्घका सदस्यसहित आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरमा बधाई तथा शुभकामना व्यक्त गरेको छ । 

अध्यक्ष गोविन्द आचार्यले आज शुभकामना सन्देशमार्फत स्थापना दिवसका अवसरमा सहकार्य तथा साथ र सहयोगका लागि सम्पूर्ण पत्रकार, मिडिया व्यवस्थापक, पत्रकारिता सम्वद्ध सङ्घसंस्था र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशील सङ्घ सङ्गठनको नेतृत्व तथा नागरिक संस्थामा हार्दिक आाभार व्यक्त गर्नुभएको छ ।

अहिले महासङ्घ मातहत १० प्रदेश समिति, ७६ जिल्ला शाखा, ४२ प्रतिष्ठान शाखा, ११ वैदेशिक शाखा र १२ एसोसिएट संस्था आवद्ध छन् । महासङ्घले स्थापनाकालदेखि नै नेपालमा श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवं नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको छ । 

“हाम्रा अग्रजको योगदान र महासङ्घको गौरवपूर्ण इतिहासप्रति महासङ्घ केन्द्रीय समिति गर्व गर्दछ, आगामी दिनमा पनि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभइ महासङ्घको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागिरहनुपर्ने आवश्यकताप्रति म यस अवसरमा सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छु”, शभकामनाा सन्देशमा भनिएको छ ।  

स्थापना दिवसका अवसरमा महासङ्घले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रवद्र्धन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना र आमसञ्चार प्राधिकरण जस्ता निकायको स्थापनालगायतका मागका सम्बन्धमा  सरकारसहित सम्बन्धित निकायमा पुनः ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी महासङ्घले यही २०७७ चैत २५ गते एकै दिन केन्द्र, प्रदेश र शाखाका कार्यसमिति चयनका लागि हुने निर्वाचनलाई स्वस्थ्य, स्वतन्त्र र व्यवस्थित ढङ्गले सफल पार्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल