२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘युरोपेली मुलुकबाट आएका यात्रुहरूले बंगलादेशमा दुई हप्ता क्वारेन्टाइन बस्नुपर्ने

२०७७, १७ चैत्र मंगलवार १६:००

चैत १७, ढाका (रासस/सिन्ह्वा) । बंगलादेशमा कोभिड–१९ दोस्रो लहरलाई नियन्त्रण गर्ने नीति अन्तर्गत एशियाली यस मुलुकले बेलायतलगायत युरोपेली देशबाट आएका यात्रीहरूलाई दुई हप्ता अलग बस्नुपर्ने घोषणा गरेको छ । 

बंगलादेशको नागरिक उड्ययन प्राधिकरण (सीएएबी) ले सरकारी निर्देशन अनुसार मंगलबार विदेशी यात्रुबारे नयाँ नीति सार्वजनिक गर्दै अर्को सूचना नभएसम्म यही बुधबारदेखि यात्रुहरूलाई सरकारी सुविधा वा सरकारले तोकेको होटेलमा यात्रु स्वयम्ले खर्च व्यहोर्ने गरी क्वारेन्टिनमा बस्नुपर्ने सूचना सार्वजनिक गरेको हो । 

बंगलादेशमा सोमबार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् पाँच हजार ४२ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमणको नयाँ लहरविरूद्ध नयाँ रणनीति र नियन्त्रणको उपाय सार्वजनिक गरिएको हो ।

बंगलादेशमा सन् २०२० को मार्च ८ मा पहिलो पटक सङ्क्रमण भेटिएपछि महामारी नियन्त्रणका लागि सरकारले लिएको कडा उपायका कारण यो वर्षको सुरूसम्ममा सङ्क्रमण दरमा नियन्त्रण आएपनि पुनः सङ्क्रमण फैलिएपछि सबै सरकारी तथा गैर–सरकारी संघसंस्थाहरूले सावधानीका लागि पहल थालेका बताइएको छ ।

बंगलादेशमा अहिलेसम्म छ लाख पाँच हजार ९३७ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने आठ हजार ९९४ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । मङ्गलबार सङ्क्रमित ४५ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो