१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बर्दियाको नरभक्षी बाघ सदर चिडियाखानामा कैद

२४ चैत्र २०७७, मंगलवार ११:३४

चैत २४, काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । यही चैत २२ गते डार्ट गरी नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघलाई चिडियाखानामा आज ल्याईएको हो ।

निकुञ्जमा कार्यरत हात्तीका पछुवा पुलिसराम थारुको राष्ट्रिय गैँडा गणना कार्यक्रम–२०२१ मा सहभागी भइरहेकै अवस्थामा सोही बाघको आक्रमणबाट यही चैत २२ गते मृत्यु भएको हो । उक्त बाघलाई त्यसैदिन बेलुका ८ बजे नियन्त्रणमा लिइएको थियो ।

केही महिनायता बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र खाता जैविकमार्ग वरपर सिलसिलाबद्ध रूपमा भएका मानव–बाघ द्वन्द्वका घटनाले मानवीय क्षति व्यहोर्नुपरेको थियो । चालु आर्थिक वर्षमा मात्र बाघको आक्रमणबाट १० जना मानिसको मृत्यु हुन पुगेको छ । जसमध्ये तीन निकुञ्जभित्र, पाँच जैविक मार्ग क्षेत्रमा र दुई मध्यवर्ती क्षेत्रको जङ्गलमा भएका हुन् ।

सिलसिलाबद्ध रूपमा मानव–बाघ द्वन्द्व बढिरहेका बेला सरोकारवाला निकायलाई यो द्वन्द्वको तत्काल समाधान गर्न दबाब बढिरहेको छ । यसै सिलसिलामा गत एक वर्षभित्रमा बर्दियाको विभिन्न स्थानबाट मान्छे खान पल्किएका चार बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना, देवीदत्तगण र नेपाल प्रहरीको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ ।

त्यसमध्ये एक बाघलाई आज चिडियाखानामा ल्याइएको, एक बाघ बर्दियामै राखिएको, एक बाघ केही दिन बाँकेमा राखिएको अवस्थामा फुत्किएर पुनः जङ्गलमै फर्किएको र एक बाघ बूढो भएको र नियन्त्रणमै रहेको अवस्थामा मरेको चिडियाखानाका सूचना अधिकारी लिना चालिसेले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा