<p><b>चैत २७, काठमाडौं ।</b> नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा 'बादल'लाई कारबाही गरेको छ । माओवादी केन्द्रले एमाले प्रवेश गरेका थापालाई सांसद पदबाट हटाएको सूचना संसद सचिवालयलाई जानकारी दिएको हो । <br></p><p>थापा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हुन् । नेकपा विभाजपछि उनले ओलीलाई साथ दिएका थिए । यसअघि बिहीबार माओवादी केन्द्रले एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो ।</p><p>राजनीतिक दल समबन्धि ऐनअनुसार दल परित्याग गरेमा सांसद पद खारेज हुने व्यवस्था छ ।</p>
एमाले प्रवेश गरेका गृहमन्त्री बादलमाथि पनि माओवादीको कारबाही
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

