२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असुरक्षित बन्दै काठमाडौँ

२०७७, ३० चैत्र सोमबार ०२:१५

चैत ३०, काठमाडौं । कोरोना संक्रमणले फड्को मार्न थालेपछि राजधानी उपत्यका असुरक्षित बन्दै गएको छ । छिमेकी मुलुक भारतमा एकैदिनमा लाखौंको संख्यामा कोरोना संक्रमितको संख्या एकाएक बढेपछि राजधानी काठमाडौ आतंकित बनेको छ ।

राजधानी उपत्यका प्रवेश गर्ने नाकाहरू अहिले नेतृत्वविहीन अवस्थामा रहेका छन् । सरकारले उपत्यका प्रवेशमा कडाइ गर्ने बताए पनि चेक जाँचबिना काठमाडौँ भित्रिनेको संख्या बढ्दो अवस्थामा रहेको छ । 

राजधानी भित्रने प्रमुख नाकाको रूपमा रहेको नागढुंगामा कोरोना संक्रमणको कुनै चेकजाँच गरिएको छैन । अन्य नाकाको पनि हालत उस्तै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानी उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न निर्देशन दिएको भए पनि कार्यान्वयन हुन नसकेको भन्दै मन्त्रालयल यता महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहले प्रहरीको एक्लो प्रयासले यो समस्या समाधान गर्न नसक्ने भएकाले सबै निकाय चनाखो हुनुपर्ने बताए ।

राजधानी भित्रने यात्रु तथा सवारी चालकमा समेत कोरोना संक्रमणबाट बच्ने बारेमा सचेतना नहुनुले पनि राजधानीमा कोरोना संक्रमण बढ्ने अवस्था देखिएको छ । यात्रुले मास्कको प्रयोग नगर्दा समेत प्रहरी प्रशासन मूकदर्शक भएर बसेको देखिन्थ्यो ।

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो