२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा एकै दिन १ लाख ६१ हजार जनामा कोभिड सङ्क्रमण

२०७७, ३१ चैत्र मंगलवार १६:००

चैत ३१ (रासस/सिन्ह्वा) । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा १ लाख ६१ ह्जार जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

गत २४ घण्टामा भारतमा १ लाख ६१ हजार ९१२ जना थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ । यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयताकै धेरै मध्येमा पर्दछ । 

भारतमा हिजो मात्र पनि १ लाख ६८ हजार जनामा कोरोना संक्रमण भएको पाइएको सरकारी स्रोतले सोमबार जनाएको थियो । पछिल्ला केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । 

यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ । यहाँ मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । 

त्यसैगरी भारतमा गएको २४ घन्टा यता ८७९ जनाको यस संक्रमणका कारण मृत्यु भएको छ । यो समेत गरी यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७१ हजार नाघेको छ ।

कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७१ हजार ५८ जनाको मृत्यु भएको केन्द्रीय सरकारले मंगलबार जानकारी दिएको छ ।

गएको आइतबार मात्र भाइरस सङ्क्रमणको कारण ९०४ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

यसवर्ष शुरु भएपछि हालसम्मको तथ्याङ्कलाई हेर्दा यो संख्या सबैभन्दा उच्च हो । भारतका कुल सङ्क्रमितको संख्या १ करोड ३६ लाख भन्दा बढी भएको जनाइएको छ । 

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरु खोप लगाइसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो