<p><b>बैशाख २, काठमाडौँ । </b>सांसद झापट रावल बस्ने गरेको घरमा ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी बस्दै आएका रामेछापका २२ वर्षीय मनोज तामाङ र ललितपुर ईमाडोल बस्ने पाचथर फिदिमका २४ वर्षीय नसिम लिम्बु रहेका छन् ।<br></p><p>सांसद झपट बहादुर रावल बस्ने गरेको काठमाडौँको कोटेश्वर मन्दिर नजिक रहेको धुर्बलाल श्रेष्ठको घरमा अपरिचित व्यक्तिहरुले बुधबार राति साढे एघार बजे ढुङ्गामुढा गरी फरार रहेका थिए । उनीहरुलाई बिहिबार महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।</p><p>अनुसन्धान तथा कारबाहीको लागि उनीहरुलाई महानगरीय प्रहरी बृत बानेश्वर पठाएको प्रहरीले जनाएको छ ।</p>
April 15, 2021
काठमाडौँ - KTM, समाज
सांसद झपट रावल बस्ने घरमा दुङ्गा प्रहार गर्ने व्यक्ति पक्राउ
By kit
2 मिनेट पढाइ










