<p><b>वैशाख ९, काठमाडौँ ।</b> नेपालमा पछिल्लो २४ घण्टामा थप २४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा पीसीआर विधिबाट २३ सय ६५ र एन्टीजेनबाट ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । <br></p><p>पछिल्लो २४ घन्टामा कोरोनाका कारण ५ जनाले ज्यान गुमाएका छन् । योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या ३ हजार १ सय १७ पुगेको छ । हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९५ हजार १ सय ५२ पुगेको सरकारको तथ्यांक छ । </p><p>गत २४ २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट २ सय ५२ जना संक्रमण मुक्त भएका छन् । योसंगै संक्रमण मुक्तहुनेहरुको संख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको छ । हाल नेपालमा १२ हजार ६ सय ९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । </p>
२४२८ जनामा कोरोना संक्रमण पुष्टि, ५ को मृत्यु
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

