२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीप टी–२० क्रिकेटमा सय खेल खेल्ने पहिलो नेपाली खेलाडी

२०७८, ९ बैशाख बिहीबार १५:५५

विक्रम गिरी, वैशाख ९, काठमाडौँ (रासस) । लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बन्नुभएको छ । त्रिदेशीय टी–२० सिरिजअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध खेल्दै उहाँले उक्त राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । मलेसियाविरुद्धको खेलमा २० वर्षीय लामिछानेले चार ओभर बलिङ गर्दै ४२ रन खर्चेर तीन विकेट लिनुभयो । उहाँले हालसम्म १३६ खेल खेल्दै १३६ विकेट लिनुभएको छ । 

हाल जारी त्रिदेशीय सिरिजमा उहाँले चार खेलमा ११ विकेट लिइसक्नुभएको छ । नेदरल्याण्ड्ससँंग भएको पहिलो खेलमा लामिछानेले दुई, मलेसियासितको खेलमा दुई, नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा चार तथा आजको खेलमा तीन विकेट लिनुभएको हो । लामिछानेले नेपालका लागि टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमानसमेत बनाउनुभएको छ । 

उहाँले २५ टी–२० खेलमा ४५ विकेट लिनुभएको छ । यसअघि सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमान करण केसीका नाममा थियो । उहाँले ३२ खेलमा ४१ विकेट लिनुभएको छ । टी–२० मा लामिछानेले ७५ वटा टी–२० खेल भने विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेल्नुभएको हो ।

टी–२० अन्तरराष्ट्रिय खेलमा उहाँले २४ खेल नेपाली राष्ट्रिय टिमबाट तथा एउटा खेल विश्व–११ टोलीबाट खेल्नुभएको हो । सन् २०१८ मा वेस्ट इन्डिजमा भएको टी–२० अन्तरराष्ट्रिय खेलमा उहाँले डेब्यु गर्नुभएको हो । लामिछाने नेपालका लागि टी–२० क्रिकेटमा १०० विकेट लिने पनि पहिलो खेलाडी हुनुहुन्छ । 

डेब्यु खेलमै कमलसिंह ऐरीको तीन विकेट

नेपालका कमलसिंह ऐरीले टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यु गर्नुभएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको मलेसियाविरुद्धको खेलमा डेब्यु गर्दै २० वर्षीय ऐरीले तीन विकेट लिनुभयो । 

त्रिदेशीय सिरिजअन्तर्गत आजको खेलमा उहाँले तीन दशमलव एक ओभर बलिङ गर्दै १६ रन मात्र खर्चिनुभयो । ऐरी अविनाश बोहराको स्थानमा टोलीमा समावेश हुनुभएको हो । उहाँले आफ्नो दोस्रो ओभरमा मलेसियामा शार्भिन मुनिएन्डीलाई तथा वीरनदीप सिंहलाई पेभेलियन फर्काउनुभयो भने तेस्रो ओभरको पहिलो बलमा मोहम्मद वाकिफलाई कुशल मल्लद्वारा क्याचआउट गराउनुभएको थियो । महेन्द्रनगर घर भएका ऐरीले गत वर्ष नेपालमै सम्पन्न विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलबाट एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यु गर्नुभएको थियो । उक्त खेलमा उहाँ विकेटविहीन रहनुभयो । 

करण केसी विश्व रेकर्ड बनाउनबाट चुके

यहाँ जारी त्रिदेशीय टी–२० सिरिजमा नेपाली बलर करण केसी विश्व रेकर्ड बनाउनबाट चुक्नुभयो । मलेसियाविरुद्धको खेलमा उहाँले उत्कृष्ट ब्याटिङ गर्नुभयो । आठौँ नम्बरमा ब्याटिङका लागि मैदानमा प्रवेश गर्नुभएका केसीले १३ बलमा ४५ रन बनाउनुभयो । यस क्रममा उहाँले सात छक्का हान्नुभयो । केसीले ११ बलमा ४४ रन बनाउनुभएको थियो । उहाँले १२औँ बलमा छक्का प्रहार गर्न सक्नुभएको भए सबैभन्दा छिटो अद्र्धशतकको विश्व रेकर्ड बराबरी गर्नुहुन्थ्यो । तर केसीले १२औँ बलमा एक रन मात्र बनाउनसक्नुभयो र विश्व कीर्तिमान बनाउनबाट वञ्चित रहनुभयो । हाल १२ बलमा अद्र्धशतक प्रहार गर्ने विश्व कीर्तिमान भारतीय क्रिकेट खेलाडी युवराज सिंहको नाममा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै