Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

स्वास्थ्य मन्त्रालयले भन्यो ‘अक्सिजनका खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउनुहोस्’

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख २३, काठमाडौं । </b>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खाली प्राणवायु (अक्सिजन) को खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । मन्त्रालयका अनुगमनका क्रममा&nbsp; धेरै सिलिण्डर खाली आँफै राख्ने पाइएकोले यस्ता खाली सिलिण्डर अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन अनुरोध गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अनुगमनका क्रममा सिलिण्डर खाली राख्ने र भरेर पनि भण्डारण गरेर राख्ने भएकोले उद्योग व्यवसायी र सरोकारवालाले त्यस्ता सिलिण्डर अस्पताललाई उपलब्ध गराउन अनुरोध गर्नु भएको हो ।&nbsp;<br></p><p>अक्सिजन सिलिण्डरको सङख्या छ हजार २८८ रहेको र दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ । उहाँका अनुसार धेरै भन्दा धेरै सिलिण्डर भरी नागरिकको ज्यान बचाउनका लागि अस्पताललाई उपलब्ध गराउनु भनिएको छ । मन्त्रालयले खाली र भरेर भण्डारण गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० को आधारमा अनुगन गरी कारवाही गर्ने जनाएको छ । उहाँले सङ्क्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन तथा अक्सिजन सिलिण्डर अझै पनि सरकारको निर्णय विपरीत धेरै उद्योगधन्दामा प्रयोग भइरहेको जनाउनु भएको छ ।&nbsp;</p>