Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आजको मौसम पूर्वानुमान हेर्नुहोस्

By साझासवाल 2 मिनेट पढाइ

<p><b>जेठ २, काठमाडौँ । </b>आज देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आजको लागि जारी गरेको मौसम पूर्वानुमान अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।<br></p><p>यसैगरी, आज दिउँसो&nbsp; प्रदेश १ लगायत देशका अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।&nbsp;</p><p>यस्तै,&nbsp; देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। र, प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।</p>