१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न मुख्यमन्त्री पौडेलको निर्देशन

३ जेष्ठ २०७८, सोमबार ०८:१९

जेठ ३, मकवानपुर (रासस)। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ जिल्लाका प्रत्येक अस्पतालले कोभिड सङ्क्रमितका बिरामीलाई उपचार सेवामा सहजीकरण गर्न प्रदेश सरकारले अस्पतालको व्यवस्थापनलाई छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिनुभएको छ ।

उहाँले प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुखसँग आइतबार साँझ भर्चुअल संवाद गर्दै प्रत्येक अस्पतालले उपचार सेवालाई उच्च प्राथमिकतामा राखेर सङ्क्रमित बिरामीलाई उपचार सेवा प्रदान गर्न स्थानीय प्रशासन र जिससका प्रमुखबीच समन्वय तथा सहकार्यका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

उहाँले अक्सिजन प्लान्टको जडान गर्न र अन्य आवश्यकीय व्यवस्थापन मिलाउन प्रदेश सरकारले बजेट विनियोजन गरिसकिएको र समुदायलाई आफ्नो व्यवहारलाई सुधार गरेर अनावश्यक भीडभाड नगर्न पनि स्थानीय निकायलाई जनशक्ति परिचालन गर्न आह्वान गर्नुभयो ।

सो भर्चुअल संवादमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रत्येक जिल्लाका गाउँटोलबीच जनचेतना फैलाउन र बिरामीलाई सम्भावपूर्ण व्यवहार गर्न स्थानीय निकायले घरदैलो अभियान सञ्चालन गर्न मन्त्रालयले नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरेको उल्लेख गर्नुभयो ।

उहाँले प्रदेश सरकारको पहिलो प्राथमिकताका साथ कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर, आवश्यकीय चिकित्सक र स्वास्थ्यकर्मी तथा पिसिआर परीक्षणको दायरा बढाउनका लागि सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयलाई बजेट निर्देशित गरिसकिएको पनि जानकारी दिनुभयो ।

उक्त बैठकमा प्रदेश सामाजिक विकास राज्यमन्त्री डा रामकुमार अधिकारीले प्रदेशका सबै जिल्ला अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गरिएअनुसार अस्पतालका चिकित्सकले पनि बिरामीलाई सद्भाव व्यवहार प्रदर्शन गरी उपचार सेवालाई निरन्तरता दिनुपर्ने र मन्त्रालयले आवश्यकीय स्रोतसाधन तथा बजेट उपलब्ध गराइएअनुरुप इमान्दारीसाथ काम गर्न आग्रह गर्नुभयो ।

उक्त संवादका क्रममा प्रदेशका समाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल र प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले प्रदेश सरकारले १३ वटै जिल्लाको अस्पताललाई अहिले अक्सिजन सिलिन्डर उपलब्ध गराइँदै आएको र ती अस्पतालमा आवश्यकीय चिकित्सक स्वास्थ्यकर्मी र औषधि उपलब्ध गराइसकिएको तथा स्थानीय तहहरुमा बिरामीको चापलाई दृष्टिगत गरी आइसोलेशन कक्ष र क्वारेन्टिनको व्यवस्था मिलाउन मन्त्रालयले निगरानीका साथ कदम अघि बढाएको चर्चा गर्नुभएको थियो ।

प्रदेश सरकारले १३ वटै जिल्लाका अस्पतालमा आइसियु कक्ष र भेन्टिलेटर कक्षको व्यवस्थापन मिलाइएको समेत सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सेढाईंले जानकारी दिनुभयो । उहाँका अनुसार १३ वटै जिल्लाका मेडिकल सुपरिटेन्डेन्ट र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखसँग पनि मुख्यमन्त्री पौडेलले कोभिड अस्पतालमा बिरामीको उपचार भइरहेको विषयमा जानकारी लिनुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल