१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना नियन्त्रणका लागि माओवादी केन्द्रले पार्टी परिचालन गर्ने

६ जेष्ठ २०७८, बिहीबार १३:२७

जेठ ६, काठमाडौँ | नेकपा(माओवादी केन्द्र)ले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि पार्टीको सबै समितिलाई परिचालित गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले कोरोना नियन्त्रणका लागि पार्टीका सबै पङ्क्ति परिचालित गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिनुभयो । माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा कोभिड नियन्त्रण युनिट गठन गरेको छ । सो युनिटका सातै प्रदेश, सबै जिल्ला र सबै पालिका र वडामा आगामी पाँच दिनभित्र समिति गठन गर्ने र आवश्यक रूपमा परिचालन गर्ने निर्णय भएको स्थायी समिति सदस्यसमेत रहनु भएका नेता पुनले जानकारी दिनुभयो । 

ती समितिले सचेतना फैलाउने, बिरामीहरूलाई सहजीकरण गर्नेछ । यस्तै जनप्रतिनिधि, केन्द्र र प्रदेशसहितका निर्वाचित पदाधिकारी र पार्टी सदस्यकाबाट सहयोग जुटाएर कोभिड कोष खडा गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ । त्यसबाट औषधी, उपकरण खरिद एवम् सङ्कलन गरी बढी प्रभावित क्षेत्रमा वितरण गरिनेछ । यस्तै, कोभिड–१९ रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामबारे प्रधानमन्त्रीको ध्यानकर्षण गराउने निर्णयसमेत बैठकले गरेको छ । 

माओवादी केन्द्रले प्रभावकारी काम नगरेको भन्दै सीसीएमसी खारेजीको माग गरेको नेता पुनले जानकारी दिनुभयो । “सीसीएमसीले काम गर्न सकेन, त्यसलाई संविधानले कानूनले पनि चिन्दैन । प्रधानमन्त्रीको नेतृत्वको विपद् व्यवस्थापन समिति या गृहमन्त्रीको नेतृत्वमा रहेको विपद् व्यवस्थापन प्राधिकरणलाई क्रियाशील बनाउनुपर्छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन पनि माओवादी केन्द्रले माग गरेको छ । यस्तै सो पार्टीले अत्यावश्यक बाहेकका राजनीति नियुक्ति रोक्न, अनुपयुक्त क्षेत्रको खर्च घटाएर कारोना नियन्त्रणमा परिचालन गर्न सरकारसँग माग गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा