१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीले इमान्दार नेता गुमायो : प्रम

१३ जेष्ठ २०७८, बिहीबार ११:३५

जेठ १३, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसांसदद्वय रत्नप्रसाद शर्मा न्यौपाने र योगनारायण यादवको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ ।  उहाँले आज शोक वक्तव्य जारी गरी उहाँहरुको निधनमा दुःख व्यक्त गर्दै नेकपा (एमाले)ले निष्ठावान् र  इमान्दार नेता गुमाएको बताउनुभएको छ ।

एमालेका अध्यक्ष ओलीले  जाजरकोटका जनताबीच जनप्रिय न्यौपानेको निधनबाट एमालेले निष्ठावान नेता तथा जाजरकोटी जनताले इमान्दार जनसेवक गुमाउनुपरेको जनाउनुभएको छ ।  न्यौपाने २०५६ सालको आमनिर्वाचनमा जाजरकोट– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । एमालेका कर्णाली प्रदेश समिति सदस्य र भ्रातृ संगठन अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष न्यौपानेको बुधबार उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो । 

यस्तै एमालेका इमान्दार नेता र धनुषाका सुयोग्य जनप्रतिनिधि यादवका निधनबाट एमालेले निष्ठावान् नेता र तथा धनुषाका जनताले विकासप्रेमी नेता गुमाएको अध्यक्ष ओलीले बताउनुभएको छ ।  एमालेका केन्द्रीय सदस्य उहाँको केही दिनअघि निधन भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक