२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीले इमान्दार नेता गुमायो : प्रम

२०७८, १३ जेष्ठ बिहीबार ११:३५

जेठ १३, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसांसदद्वय रत्नप्रसाद शर्मा न्यौपाने र योगनारायण यादवको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ ।  उहाँले आज शोक वक्तव्य जारी गरी उहाँहरुको निधनमा दुःख व्यक्त गर्दै नेकपा (एमाले)ले निष्ठावान् र  इमान्दार नेता गुमाएको बताउनुभएको छ ।

एमालेका अध्यक्ष ओलीले  जाजरकोटका जनताबीच जनप्रिय न्यौपानेको निधनबाट एमालेले निष्ठावान नेता तथा जाजरकोटी जनताले इमान्दार जनसेवक गुमाउनुपरेको जनाउनुभएको छ ।  न्यौपाने २०५६ सालको आमनिर्वाचनमा जाजरकोट– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । एमालेका कर्णाली प्रदेश समिति सदस्य र भ्रातृ संगठन अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष न्यौपानेको बुधबार उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो । 

यस्तै एमालेका इमान्दार नेता र धनुषाका सुयोग्य जनप्रतिनिधि यादवका निधनबाट एमालेले निष्ठावान् नेता र तथा धनुषाका जनताले विकासप्रेमी नेता गुमाएको अध्यक्ष ओलीले बताउनुभएको छ ।  एमालेका केन्द्रीय सदस्य उहाँको केही दिनअघि निधन भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले