२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको नयाँ भेरियन्ट : हावाबाट छिटो फैलिने

२०७८, १६ जेष्ठ आईतवार ०२:३५

जेठ १६, काठमाडौं । हावाबाट छिटो फैलिने कोरोनाको नयाँ भेरियन्ट भियतनाममा फेला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर अझै बढी संक्रमक र सरुवा भएको विज्ञहरुले बताएका छन् ।

भियतनामा भेटिएको भेरियन्ट हावाबाट छिट्टै फैलिन सक्ने अधिकारीहरुले बताएका छन् । भाइरसहरु जुनसुकै बेला रुप परिवर्तन गरिरहने र कतिपय अवस्थामा रुप परिवर्तन भएर कमजोर हुने र हराएर जाने समेत हुन्छ । तर कतिपय भाइरसहरु भने रुप परिवर्तन भएर बलियो र बढी संक्रामक हुने गरेको अध्ययनहरुले देखाएका छन् ।

सन् २०१९ को डिसेम्बरमा कोभिड(१९ फेला परेको केही समयपछि नै सन् २०२० को जनवरी महिना मा नै यसका हजारौं परिवर्तित रुपहरु फेला परेका थिए । भियतनामा बेलायत र भारतको भेरियन्ट समिश्रण भएर बनेको नयाँ हाइब्रिड भेरियन्टका विषयमा सार्वजनिक रुपमै जानकारी दिएको जनाइएको छ ।

नयाँ भेयिन्ट हावाबाटै फैलिनै भएकाले बढी जोखिमपूर्ण रहेको छ । कोरोना विरुद्ध बनेका खोपहरु फाइजर र एस्ट्राजिनिकाको दुबै डोज लगाएकाहरुलाई भारतीय भेरिन्यन्टले खासै धेरै असर नगरेको अध्ययनहरुले देखाएका छन् ।

हालै भियतनामामा फेला परेको कोरोना विरुद्धको नयाँ भेरियन्टले विरामीहरुलाई कति बढी खतरापूर्ण छ र खोपले कस्तो काम गर्छ भन्ने विषय अध्ययनकै क्रममा रहेको छ । यो समाचार राजधानी दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा