२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैद्यलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनुपर्छ : अध्यक्ष पोखरेल

२०७८, २९ जेष्ठ शनिबार ०६:०१

जेठ २९, काठमाडौँ | नेकपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले नाथुराम गोड्से बनेर प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने भनि कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्नुभएको छ ।

उहाँले एक विज्ञप्तिमार्फत वैद्यले वाग्मती प्रदेशसभाको बैठकको रोष्टरमा उभिएर दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै दोषीलाई कारवाही गर्नुपर्ने माग गर्नुभएको छ । “महात्मा गान्धिलाई नाथुराम गोड्सेले मारेझै ओलीलाई मार्नुपर्छ र मार्छु भनेर बोलेका छन, प्रदेशसभाको बैठकमा पार्टीका अध्यक्ष र प्रधानमन्त्रीलाई हत्या गर्छु”, भन्ने अभिव्यक्ति विपक्षी गठबन्धनको योजनाअनुसार नै आएको भन्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता पोखरेलले कडा कारवाहीको माग गर्नुभएको छ ।

उहाँले प्रधानमन्त्री ओलीविरुद्ध गठबन्धनमा लागेका केही दलका नेता तथा कार्यकर्ताले राजनीतिक र वैचारिकरूपमा मात्र नभई भौतिकरूपमा उहाँलाई सफाया गर्न सक्ने सूचना प्राप्त भइरहेको भन्दै वैद्यको अभिव्यक्ति सोहीअनुसार आएको भनाइ छ ।

“प्रदेशसभाको बैठकमा पार्टीका अध्यक्ष र प्रधानमन्त्रीलाई हत्या गर्छु भनेर बोल्ने व्यक्तिलाई प्रदेशसभाबाट निलम्बन गरी तत्कालै पक्राउ गरी ज्यान मार्ने उद्योग गरेको अभियोग मुद्दा चलाउन माग गर्दछु”, नेता पोखरेलले भन्नुभयो, “यो विषय सामान्य होइन, व्यक्तिले मात्र लहडमा बोलेको होइन, यसमा गम्भीर षड्यन्त्र लुकेको छ, यसमा संलग्न सबै दोषी पत्ता लगाउन एक शक्तिशाली आयोग बनाई तथ्यसत्य पत्ता लगाई सार्वजनिक गर्न नेपाल सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछु ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी