२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलम्चीको पानी आउने समय पर धकेलियो

२०७८, ८ असार मंगलवार ०२:४९

असार ७, काठमाडौं । मेलम्ची खानेपानी आयोजना स्थलमा गत मंगलवार आएको बाढीका कारण क्षति पुगेपछि काठमाडौं उपत्यकामा पानी आउने निर्धारित समय लम्बिने निश्चित देखिएको छ । असार १ गतेदेखि सुरूङ खाली गरी निरीक्षण तथा परीक्षण गर्न आयोजनाले काठमाडौंमा पानी वितरण गर्न स्थगित गरेको थियो । 

तर, सोही दिन नै सिन्धुपाल्चोकस्थित आयोजनाको मुख्य बाँध स्थल अम्बाथानमा बाढी आएपछि भएको क्षतिले मेलम्चीको पानी ल्याउने निर्धारित समय लम्बिने देखिएको हो ।

सुरुङ परीक्षण तथा निरीक्षणका लागि भदौ मसान्तसम्म काठमाडौंमा मेलम्चीको पानी वितरण नहुने समितिले यसअघि नै सूचना जारी गरिसकेको थियो । मनसुन शुरू हुनासाथ नै मेलम्चीमा आएको बाढीपहिरोका कारण आयोजना स्थलमा क्षति पुगेपछि थप केही महीना पानी नआउने निश्चित भएको छ । 

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बाढीपछिको अवस्थाले पहिले तोकिएको मितिमै पानी ल्याउन सकिने सम्भावना नभएको बताए । सडक विभाग, नेपाली सेना, स्थानीय सरोकारवाला निकायको सहयोग भएमा निर्धारित समयभन्दा केही महीना ढिलाइ भए पनि पानी ल्याउन सकिने उनको भनाइ छ ।

‘आयोजना स्थलमा क्षति भएका पूर्वाधारहरू सडक, क्याम्प, पुलहरू बनाउँदा मर्मतसम्भारले कति समय लिन्छ भन्ने कुराले पानी आउने आधार तय गर्नेछ,’ पन्तले भने, ‘क्षति भएका संरचनाहरू बनाउन थप २/३ महीना लाग्ने देखिन्छ किनभने भर्खर वर्षाको सिजन शुरू भएको छ र जोखिम कायमै छ ।’ 

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ