असार १५, काठमाडौं । कोरोना संक्रमणको ‘चेन ब्रेक’ नहुँदै सडकमा सवारी साधनको चाप बढेको छ। आर्थिक गतिविधि खस्किँदा र दैनिक जीवनयापनमा समस्या आउन थालेपछि सरकारले निषेधाज्ञा निकै खुकुलो पारेको छ। यससँगै रोग प्रसारको जोखिम भने बढेको छ। विज्ञहरू भन्छन्, ‘सावधानी अपनाउनु अत्यावश्यक छ।’

भाइरोलोजिष्ट एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बासुदेव पाण्डेका अनुसार, अहिले कोरोना संक्रमणको ‘चेन ब्रेक’ भएको छैन।

संक्रमणको जोखिम कायमै छ। ‘चेन ब्रेक भएर आवागमन खुला गरिएको होइन’, डा. पाण्डेले भने, ‘संक्रमणको जोखिम हटेको छैन। बाहिर निस्कँदा सतर्कता अपनाउनै पर्छ।’

काठमाडौं उपत्यकामा मंगलबारदेखि निषेधाज्ञा थप खुकुलो बनाउँदै एक साता थपिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।

अब २५ सिट क्षमताभन्दा माथिका बस जोर–बिजोर प्रणालीका आधारमा चल्नेछन्। चालक, सहचालक र यात्रुले अनिवार्य स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्नेछ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

June 29, 2021
काठमाडौँ - KTM, समाज
कोरोना संक्रमणको ‘चेन ब्रेक’ नहुँदै सडकमा सवारी साधनको चाप
By साझासवाल
3 मिनेट पढाइ