२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी, पहिरा र डुबानमा परी ३४ को मृत्यु

२०७८, १८ असार शुक्रबार १४:२७

 असार १८, काठमाडौँ (रासस) । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ३४ जनाको मृत्यु भएको छ । अन्य २४ बेपत्ता रहेका र ४४ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा १९ पुरुष, नौ महिला र छ बालबालिका रहेका छन् । ती मध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पामा तीन, चितवन, तनहुँ, प्युठान र रौतहटमा दुई/दुई तथा ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक/एक जना रहेका प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । 

बाढी, पहिरो र डुबानमा परी २४ पुरुष, ११ महिला, छ बालक र तीन बालिका घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीमध्ये तनहुँमा १०, सिन्धुपाल्चोक र रोल्पामा पाँच/पाँच, म्याग्दी, सर्लाही, कास्की र डोटीमा तीन÷तीन, जुम्ला र गोरखामा दुई/दुई, पाँचथर, रौतहट, स्याङ्जा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा एक/एक जना रहेका छन् ।

त्यस्तै बाढी र पहिरोमा १५ पुरुष, छ महिला, दुई बालक र एक बालिका बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा २०, चितवनमा तीन र बाजुरामा एक जना बेपत्ता भएका हुन् छन् । बेपत्ताको खोजी जारी रहेको जनाइएको छ ।

बाढी तथा पहिरोमा परेका एक हजार २५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा ६५६, चितवनमा ४०२, सिन्धुपाल्चोकमा १२३, दोलखामा ३५, लमजुङ र सल्यानबाट आठ/आठ, जाजरकोटमा सात, गोरखा र दाङमा चार/चार र कञ्चनपुरमा तीन जना रहेका छन् । 

पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक सञ्चालनमा आए पनि अझै धेरै सडक अवरुद्ध नै छन् । वर्षाका कारण ललितपुर, मोरङ, नवलपरासी (पूर्व), चितवन र बाजुरालगायतका जिल्लामा बिहीबार र शुक्रबार बिहान पहिरो गई अवरोध भएको सडक पहिरो हटाई सञ्चालन गराउने कार्य जारी छ ।

बाढीका कारण ३९७ घर डुबानमा परेका छन् । चार सय ९१ घर, ८४ वटा गोठ, ३८ वटा पुल, तीन विद्यालय र १० सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार ४३ घरका चार हजार ९५५ जना मानिस विस्थापित भएका छन् । आठ सय दुई पशु चौपाय मरेका छन् ।

बाढी पहिराको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, पहिरामा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल