२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य सङ्कटकाललाई निरन्तरता

२०७८, १६ श्रावण शनिबार १५:५६

साउन १६, टोकियो, जापान, (रासस/एएनआई) । जापानले टोकियो, साइतामा, चिबा, कानागावा, ओसाका र ओकिनावा प्रिफेक्चरहरूमा कोरोनाभाइरस सङ्क्रमण दर बढेको भन्दै शनिबार सरकारले स्वास्थ्य सङ्कटकालको अवस्था जारी रहेको प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ ।  

त्यस्तै सरकारले होक्काइदो, इशिकावा, क्योटो, ह्योगो र फुकुओका प्रिफेक्चरमा अगस्त ३१ सम्मका लागि सङ्क्रमण नियन्त्रणका उपायस्वरूप विभिन्न प्रतिबन्धहरूको घोषणा गएिको सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराइएको छ । 

टोकियो महानगरीय सरकारले जुलाई २९ मा सार्वजनिक पछिल्लो २४ घण्टाको तथ्याङ्कमा राजधानी टोकियोमा मात्रै तीन हजार ८६५व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि गरेको छ ।  त्यसैगरी जापानभर विगत २४ घण्टामा सङ्क्रमण पुष्टि भएका बिरामीको सङ््ख्या १० हजार ६९९ पुगेको छ । 

टोकियो र देशभरका यी दुवै सङ्क्रमित सङ्ख्याहरू महामारी सुरु भएदेखिकै सबैभन्दा बढी हो । कतिपय स्थानमा स्वास्थ्य सङ्कटकाल विगत तीन हप्तादेखि जारी रहेपनि सङ्क्रमणको लहर ढिलो हुँदैछ भन्ने कुनै सङ्केत नपाइएको जापानी टेलीभिजन एन एच के वल्र्डले जनाएको छ ।

स्वास्थ्य सङ्कटकालीन अवस्था लागु भएको प्रधानमन्त्री योशिहिदे सुगाले आफ्नो छुट्टै सूचनामार्फत् पनि पुष्टि गर्नुभएको छ । 

 टोकियो र ओकिनावाका आकस्मिक अवस्थाहरू सुरुमा अगस्ट २२ मा समाप्त हुने तय गरिएको थियो । ओलम्पिक र अगस्टको मध्य ओबोन बिदालाई समेट्ने गरी पछिल्ला यी उपायहरू अबलम्बन गरिएको सरकारले बताएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ