२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा कोरोनाका कारण फेरि उच्च मृत्युदर, झण्डै १९ हजार नयाँ सङ्क्रमित

२०७८, २४ श्रावण आईतवार १६:०६

साउन २४, क्वालालमपुर (रासस/सिन्ह्वा) । मलेसियामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको दैनिक सङ्ख्या फेरि उच्च भएको छ । 

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा ३६० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै मलेसियामा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या १० हजार ७४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहले सोही अवधिमा मलेसियामा थप १८ हजार ६८८ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

तीमध्ये १० जना बाहिरबाट सरेर सङ्क्रमित भएका र अरू आन्तरिक रूपमै सरेको पनि उहाँले बताउनुभयो । 

मलेसियामा कोरोनाभाइरसबाट अहिलेसम्म कूल सङ्क्रमितहरूको सङ्ख्या १२ लाख ६२ हजार ५४० पुगेको छ । 

सङ्क्रमितमध्ये १७ हजार ५५ जना भने पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका छन् ।

एकैदिनमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या थोरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्यामा वृद्धि भएको छ । 

मलेसियामा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको कूल सङ्ख्या दुई लाख २५ हजार ३९३ रहेको छ ।

तीमध्ये एक हजार ९५ जनालाई अति सघन कक्षमा राखिएको छ भने ५७१ जनालाई श्वास प्रश्वासमा सहयोगको आवश्यकता परेको छ । 

कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेकाहरूको कूल सङ्ख्या भने १० लाख २६ हजार ३९८ पुगेको छ । यो सङ्ख्या कूल सङ्क्रमितहरूमध्येको ८१.३ प्रतिशत हो । 

कोरोनाभाइरसका कारण दैनिक मृतक र सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि हुँदै गएपछि सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरूमा कडाइ गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ