२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा २४ घण्टामा ३८ हजारभन्दा बढी सङ्क्रमित थप

२७ श्रावण २०७८, बुधबार १३:०८

साउन २७, नयाँदिल्ली (रासस/एएनआई) । भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप ३८ हजार ३५३ जना सङ्क्रमित भएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८६ हजार ३५१ रहेको छ ।

सरकारी अधिकारीले दिएको जानकारीअनुसार सक्रिय सङ्क्रमितको यो संख्या १४० दिनयताकै सबभन्दा कम हो ।

थपिएका सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढी भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको हो ।

पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ४० हजार १३ रहेको छ । योसँगै भारतमा अहिलेसम्म तीन करोड १२ लाख २० हजार ९८१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ९७.४५ प्रतिशत हो ।

 भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाख ३६ हजार ५११ पुगेको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् ।

भारतमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ४९७ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कूल मृतकको सङ्ख्या चार लाख २९ हजार १७९ पुगेको छ । 

भारतमा कोरोना शुरु भएबाट हालसम्म ४८ करोड ५० लाख ५६ हजार ५०७ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको छ । हिजो मङ्गलबार एकै दिनमा १७ लाख ७७ हजार ९६२ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको थियो । 

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप शुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोना भाइरसविरुद्धको ५१ करोड ९० लाख डोज खोप लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य