भदौ २, क्वालालमपुर, (रासस/सिन्ह्वा) । मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले देशका राजनीतिक दलहरुलाई मिलेर काम गर्न आह्वान गर्नुभएको छ ।

दलहरुका बीचमा विवाद र बेमेल हुदाँ देशमा राजनीतिक अस्थिरता मौलाएकाले दलहरुलाई मिल्न र सहकार्य गर्न उहाँले आग्रह गर्नुभएको हो ।

उहाँले स्थायी सरकारको सुनिश्चितता हुनेगरी संयुक्तरुपमा नयाँ प्रधानमन्त्रीको उम्मेदवार पेस गर्न पनि दलहरुलाई आह्वान गर्नुभएको छ ।

राजदरबारद्वारा बुधबार जारी वक्तव्यमा राजाले मङ्गलबार प्रमुख राजनीतिक दलका प्रमुख नेताहरुसँग छलफल गर्नुभएको उल्लेख गरिएको छ ।

छलफलका क्रममा राजाले विश्वासको मत प्राप्त गर्न सक्नेगरी प्रधानमन्त्रीको उम्मेदवार तयार पार्न पनि आग्रह गर्नुभएको छ ।

तत्कालीन प्रधानमन्त्री मुहिद्धिन यासिनले गत सोमबार पदबाट राजीनामा दिएपछि राजाले नयाँ प्रधानमन्त्रीको दाबी पेस गर्न दलहरुलाई आह्वान गर्नुभएको हो ।

यासिनले मलेसियाको तल्लो सदनबाट बहुमत गुमाएपछि दिएको राजीनामा राजाले तत्कालै स्वीकृत गरिसक्नु भएको छ ।

राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि यासिनलाई नै कामचलाउन प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ ।

August 18, 2021
काठमाडौँ - KTM, समाज
मलेसियाका राजाद्वारा नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान
समाचार सेयर गर्नुहोस्
By साझासवाल
3 मिनेट पढाइ