२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दसैँका बेला अभिभावक विदेशिएपछि सन्तान चिन्तित

२०७८, १७ आश्विन आईतवार ०७:२२

असोज १७, काठमाडौँ , न्युज कारखाना। सप्तरीको विष्णुपुर गाउँपालिका–६ सदा टोलकी १४ वर्षीया विभाकुमारी सदाको बुबा मंगलु सदा दुई दिनअघि रोजगारीका लागि छिमेकी मुलुक भारत गएका छन् । विजया दशमीको पूर्व सन्ध्यामा रोजगारीका लागि पन्जाव गएपछि उनीलाई अहिले चिन्ताले सताएको छ ।

चाडपर्व सकिएपछि भारत जाने सोच भए पनि दुई छाक हातमुख जोर्न समस्या भएपछि बाध्य भएर उनी काम खोज्न पन्जाव हिँडेका हुन् । ‘बिहानै सधैँ काम खोज्न बजार जानुहुन्थ्यो । काम नपाएपछि रित्तै हात फर्किनु हुन्थ्यो । १५ दिनसम्म त्यस्तै भयो । त्यसपछि बुबा भारत जानु भएको हो’, मंगलुकी छोरी विभाले भनिन् । 

मंगलु नजिकैको इँटा भट्टामा काम गर्दै आएका थिए । ‘बर्खायाम लागेपछि जेठदेखि इँटा भट्टा बन्द भयो । त्यसपछि बुबा बेरोजगारी हुनुभयो । ईटाभट्टा मंसिर पुसमा मात्रै खुल्ने भएपछि दुई दिनअघि भारत जानुभयो’, विभाले भनिन् । 

चार दाजुभाइ दिदीबहिनी र आमासहित अहिले उनको परिवारमा पाँचजना छन् । बुबाले ऋण लिएर एक महिनाको खर्च जुटाइदिएर बुबा भारत जानु भएको उनको भनाइ छ । ‘पैसा कमाएर पठाएपछि ऋण तिर्न बुबाले भन्नुभएको छ’, विभाले भनिन् । 

उनीलाई परिवारका कुनै सदस्य घरमा छैन भने नरमाइलो लाग्छ । चाडपर्वको समयमा परिवारकै लागि काम गर्न बुबा भारत जान बाध्य भएपछि परिवारका सबै सदस्यलाई दुःख लागेको उनी दुखेसो पोख्छिन् । सोही ठाउँका १३ वर्षीय लक्ष्मी सदाको बाबु बृहस्पतिया सदा रोजगारीका लागि भारतको पन्जाव लागेको एक हप्ता भयो । उनी पनि काम नपाएर परिवारको दुई छाक टार्न भारतको पन्जाव लागेका हुन् ।

‘बाहिर भएका सबैको अभिभावक जहाँ भएपनि चाँड पर्वमा घर आउँछन् । हाम्रो बुवा त हाम्रै पेट पाल्न चाँडपर्वको मुखमा बाहिरिएको देख्दा दुःख लागेको छ’, उनी भन्छिन् । 

यस्तै १३ वर्षीया आशाकुमारी सदाको बाबु पनि पन्जावतिर लागेको दुईदिन भएको छ । दुई वर्षदेखि कोरोना भाइरसका कारण दुई छाक हातमुख जोर्न समस्या हुदै आएपछि बाबु रोजगारका लागि पन्जाव गएको आशाकुमारी बताउँछिन् । ‘चाडपर्वको मुखमा घरकै खर्च धान्न बाध्य भएर भारत जानुपरेको देख्दा दुःखलागेको छ’, उनले भनिन् । विष्णुपुर गाउँपालिका–६ मा रहेका ५५ मुसहर समुदायको घरमध्ये ८÷१० घरबाहेक सबैको घरबाट एक–एक जना पुरूष एक हप्ता भित्र रोजगारीका लागि पन्जाव गएका स्थानीय ६० वर्षीया रूको सदाले बताइन्।

परिवारका हातमुख जोर्नकै लागि प्रत्येक घरका अभिभावक पुरूष बुवा वा दाजु दसैँको मुखमा रोजगारका लागि छिमेकी मुलुक भारतको पन्जाव गएका हुन् ।स्थानीयस्तरमा काम नपाएपछि दुई छाक हातमुख जोर्न समस्या भएर चाडपर्वको मुखमा भारत रोजगारका लागि जान बाध्य भएको उनको भनाइ छ । चाडपर्व मुखैमा रोजगारीका अभिभावक घर बाहिर जाँदा परिवारमा खल्लो र नरामइलो लाग्नु स्वभाविक रहेको वडाध्यक्ष बहादुर सदाले बताए। दुई छाक हातमुख जोर्न  समस्या भएकोले चाडपर्वको मुखमा करिब ५० जना रोजगारका लागि  भारत लाग्न बाध्य भएको वडाध्यक्ष सदाको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा