भदौ २, काठमाडौं । १० माओवादी घटकको पार्टी एकता घोषणा भएको तीन महिना नपुग्दै एउटा घटक पार्टीले एकताको भाव सम्बोधन हुन नसकेको भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २, काठमाडौं । १० माओवादी घटकको पार्टी एकता घोषणा भएको तीन महिना नपुग्दै एउटा घटक पार्टीले एकताको भाव सम्बोधन हुन नसकेको भ"/>
२६ मंसिर २०८२, बिहीबार
काठमाडौँ - KTM

मातृका यादवले प्रचण्ड र बादललाई पठाए यस्तो पत्र !

२ भाद्र २०७३, बिहीबार ०२:१९

भदौ २, काठमाडौं । १० माओवादी घटकको पार्टी एकता घोषणा भएको तीन महिना नपुग्दै एउटा घटक पार्टीले एकताको भाव सम्बोधन हुन नसकेको भन्दै नेतृत्वमाथि प्रश्न उठाएको छ ।

नेता मातृका यादवले पार्टी एकताका १३ बुँदे सैद्धान्तिक सहमतिबाट पार्टी नेतृत्व पछाडि हट्न खोजेको भन्दै नेतृत्वलाई ध्यानाकर्षण गराएका छन् ।

यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संगठन विभाग प्रमुख रामबहादुर थापालाई पत्र पठाई त्यस्तो प्रश्न उठाएका हुन् । उनले २८ साउनमा दुवै नेतालाई त्यस्तो पत्र पठाएका थिए ।

यादवले पार्टी एकता गर्दा सुरुमा एकता प्रक्रियामा सहभागी हुने सबै माओवादी घटकका केन्द्रीय समितिको मात्र आयोजक समिति बनाउने समझदारीलाई नेतृत्वले तोडेर सांगठनिक सन्तुलन बिगारेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा र बादललाई पार्टी कार्यालय पेरिसडाँडामा भेटेर मातृकाले पत्र बुझाएका हुन् ।

यादवले एकता प्रक्रियाका नाममा सबै घटक समूहलाई समेटेर भद्रगोल आयोजक समिति बनाउँदासमेत आफ्नो पक्षलाई बेवास्ता गरिएको आरोप लगाए ।-नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै