८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घटस्थापनापछि काठमाडौं छाड्ने ह्वात्तै बढे, तीन दिनमै दुई लाख गाउँ फर्किए

२४ आश्विन २०७८, आईतवार ०४:४४

असोज २४, काठमाडौँ | दैनिक आधा लाख यात्रुले स्थलमार्गबाट काठमाडौं उपत्यका छाड्न थालेका छन् । घटस्थापनासँगै उपत्यका छाडेर जिल्ला/ गाउँ फर्किनेको संख्या ह्वात्तै बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

उपत्यकाको नागढुंगा, बल्खु, जगाते, मुड्खु, जरसिंहपौवा, टोखा र चन्द्रागिरिसहितका नाकाबाट  शनिबार मात्र ६० हजार यात्रु बाहिरिएको ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराईले जानकारी दिए ।

घटस्थापना अर्थात् २१ असोजमा ४५ हजारले उपत्यका छाडेकामा त्यसको भोलिपल्ट २२ असोजमा यो संख्या बढेर ५१ हजार नाघेकाे थियो ।

आइतबार पनि बिहानैदेखि उपत्यकाबाट बाहिरिने सवारीसाधनको लाम लागेको छ ।  तर, नागढुंगा र जगाती नाकामा लामो जाम छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार १ असोज यता सात लाख यात्रुले काठमाडौं उपत्यका छाडेका छन् । ‘घटस्थापनासम्म उपत्यका छाड्नेको संख्या खासै थिएन, त्यसपछि बढेको हो,’ महासंघका महासचिव सरोज सिटौलाले भने,‘ फूलपाती र अष्टमीमा यात्रुको चाप अझ बढ्छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा