Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

सरकारमा जाँदा अलमलियो माओवादी, नेता-कार्यकर्ता निराश

By kit

भदौ ५, काठमाडौं । गत जेठ ६ गते १० वटा कम्युनिष्ट समूहसँग एकीकरण गरेपछि जतिसक्दो चाँडो महाधिवेशन गर्ने योजनामा रहेको नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व गरेसँगै अलमलमा पर्न थालेको छ ।

खासगरी पार्टी र सरकारको कामलाई समायोजन र सन्तुलन गरी अघि बढाउने सवालमा माओवादी नेतृत्व अलमलिएको नागरिक दैनिकमा समाचार छ ।

पार्टीका लागि सरकारमा सहभागीता भन्दा पनि एकता महाधिवेशन महत्वपूर्ण ठानिएको बेला, ‘सीमित नेताको चाहना’मा सरकारको नेतृत्व गर्दा पार्टीका आन्तरिक काममा समस्या पर्न थालेको माओवादी नेता-कार्यकर्ताले गुनासो गर्न थालेका छन् ।

माओवादीका एक हेडक्वाटर सदस्यका अनुसार १० वटा कम्युनिष्ट घटकको एकीकरणपछि अधिकांश नेता-कार्यकर्तालाई व्यवस्थापन गर्न नसकिरहेकै अवस्थामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा पार्टीको आन्तरिक काममा समस्या पर्दै आएको छ ।

‘एकीकरणको विवाद मिलाउन नसकेर २१ सयभभन्दा बढीको केन्द्रीय कमिटी घोषणा गर्दा पार्टीभित्रै व्यंग्य भइरहेको छ,’ ति नेताले भने, ‘आन्तरिक समस्याको व्यवस्थापन नहुँदै सरकारमा गएपछि सिंगो पार्टी र कार्यकर्ता अलमलमा परेका छन् ।’

कांग्रेस-माओवादी गठवन्धनमा अध्यक्ष दाहालले सरकारको नेतृत्व गरेपछि त्यसको असर पार्टीको आन्तरिक काममा देखिन थालेको भन्दै नेता-कार्यकर्ता निराश भइरहेका छन् ।

आउँदो पुस २३ गते गर्ने भनिएको पार्टी एकीकरणपछिको पहिलो महाधिवेशन रोकिएको निर्णय सुनेपछि झन् धेरै नेता-कार्यकर्ता निराश भए । शुक्रबार माओवादीको कार्यालय बैठकले भदौ ११ गतेका लागि तोकिएको महाधिवेशन आयोजक समितिको बैठक र पुस २३ गतेको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो ।