१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसका निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान (तश्वीरहरु)

१० पुष २०७८, शनिबार १०:३०

पुस १०, काठमाडौँ | नेपाली कांग्रेसको १४औँ महाधिवेशबाट निर्वाचित सभापतिसहितका पदाधिकारी र सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका पदाधिकारी र सदस्यलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित समारोहमा पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले महाधिवेशनबाट निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभयो ।

पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान गरिएसँगै नेपाली कांग्रेसको १४औँ महाधिवेशन औपचारिकरुपमा समापन भएको छ । मुलुकको राजनीतिक  परिवर्तनका लागि विभिन्न कालखण्डमा नेतृत्वदायी भूमिका खेल्दै आएको नेपाली कांग्रेस मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी हो । प्रमाणपत्र वितरणको कार्यक्रम सम्पन्न भएलगत्तै पार्टीको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

तश्विरहरु: 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा विजयी हुनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई कांग्रेस केन्द्रिय कार्यालय सानेपामा शनिबार प्रमाणपत्र वितरण गर्दै महाधिवेशन निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरे । तस्वीर: प्रदीपराज वन्त

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा विजयी नेताहरु शनिबार प्रमाणपत्र ग्रहण पश्चात कांग्रेस केन्द्रिय कार्यालय सानेपामा । तस्वीर: प्रदीपराज वन्त

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा विजयी हुनुभएका पूर्वपत्रकार अजयबाबु सिवाकोटीलाई कांग्रेस केन्द्रिय कार्यालय सानेपामा शनिबार प्रमाणपत्र वितरण गर्दै महाधिवेशन निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरे । तस्वीरः प्रदीपराज वन्त

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी उपसभापतिमा विजयी हुनुभएका पूर्णबहादुर खड्कालाई कांग्रेस केन्द्रिय कार्यालय सानेपामा शनिबार प्रमाणपत्र वितरण गर्दै महाधिवेशन निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरे । तस्वीर: प्रदीपराज वन्त

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी महामन्त्रीमा विजयी हुनुभएका विश्वप्रकाश शर्मालाई कांग्रेस केन्द्रिय कार्यालय सानेपामा शनिबार प्रमाणपत्र वितरण गर्दै महाधिवेशन निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरे । तस्वीर : प्रदीपराज वन्त

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी महामन्त्रीमा विजयी हुनुभएका गगनकुमार थापालाई कांग्रेस केन्द्रिय कार्यालय सानेपामा शनिबार प्रमाणपत्र वितरण गर्दै महाधिवेशन निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरे । तस्वीर: प्रदीपराज वन्त

नेपाली कांग्रेसको १४औँ महाधिवेशनवाट पार्टी सभापतिमा विजयी हुनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेस केन्द्रिय कार्यालय सानेपामा शनिबार प्रमाणपत्र वितरण गर्दै महाधिवेशन निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरे । तस्वीर: प्रदीपराज वन्त, रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार