Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

माओवादी केन्द्रको आठौँ महाधिवेशन: गोपाल किराती अध्यक्ष !

By साझासवाल 5 मिनेट पढाइ

पुस १२, काठमाडौँ | २०७५ फागुन १, २ र ३ गते भएको नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनबाट गोपाल किराती माओवादी केन्द्रको अध्यक्ष चयन भएका थिए । तात्कालिन प्रचण्ड नेतृत्वको माओवादी केन्द्र एमालेसँग मिसिन गएपछि 'एमालेमा बिलिन हुन गएको' भन्दै त्यसको निरन्तर बिरुद्धमा रहेका गोपाल किराती सहितको समूहले माओवादी केन्द्रलाई विधिवत रुपमै पुनर्जीवित गरेर आठौँ महाधिवेशन सम्पन्न गरेको थियो ।

किराती नेतृत्वको माओवादी केन्द्रको आठौँ महाधिवेशनले ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको थियो । त्यस्तै १८ जनाको राजनीतिक परिषद र ६ जनाको पदाधिकारी चयन गरेको थियो । तात्कालिन किराती नेतृत्वको माओवादी केन्द्रले गरेको गतिबिधिहरु बिभिन्न संचार माध्यमका हेडीङ पनि भए । महाधिवेशन अघि बुटवलमा भएको बैठकले आठौँ महाधिवेशन बोलाउने निर्णय गरेको थियो । महाधिवेशन पुर्व तयारीको क्रममा महाधिवेशन आयोजक समितिमा ७०१ जना, पोलिटब्यूरोमा १७५ जना तथा ४३ जनाको केन्द्रीय सचिवालयको गठन समेत भएको थियो । त्यसपछि काठमाडौँमा तीन दिनसम्म चलेको महाधिवेशनमा सातै प्रदेशबाट प्रतिनिधिहरु सहभागी भई महाधिवेशन सम्पन्न भएको थियो । सोहि महाधिवेशनको निर्णय २०७५ चैत १ गते रिपोर्टर्स क्लबबाट पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो

जब एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको नाममा सर्वोच्चबाट मुद्दा फैशला भयो, तब ठूलो माछाले भुरा माछालाई सजिलै खान्छन् भन्ने जस्तै भयो । गोपाल किराती सहितको एमालेमा नगई माओवादी केन्द्रलाईनै जीवन दिएर बसेकाहरुलाई बाइपास गरियो । त्यसो त माओवादी केन्द्रलाई मर्न दिनु हुँदैन, एमालेमा बिलिन हुन जानु हुँदैन भनेर पार्टीलाई अघि बढाउदै आएकाहरुलाई प्रचण्ड नेतृत्वले कुनै स्थान समेत दिन उपयुक्त ठानेन । माओवादी टुक्रदै जाने सृंखला, प्रचण्ड इतरको निर्णय विरुद्ध जानेहरुलाई बाइपास गर्दै जाने निरन्तरता र कुनै बेला बलियो अवस्थामा रहेको पार्टीलाई कमजोर बनाउदै लैजाने काम यहाँनेर पनि दोहोरियो ।

सर्वोच्चको निर्णय अनुसार जाँदा पहिले प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र र ओली अध्यक्ष रहेको एमाले पुरानै अवस्थामा फर्किएका थिए, जसको प्रत्यक्ष प्रभाव किराती नेतृत्वको माओवादी केन्द्रलाई पनि पर्न गयो । पहिलेकै अवस्थामा फिर्ता हुनुपरेपछि त्यसपछिका गतिबिधि स्वत: खारेज गरिए । किरातीले माओवादी केन्द्रमा ल्याएका ठूलो समुह फेरी तितरबितर हुन पुगे । कोहि एमालेतिर गए कोहि अर्कै पार्टी खडा गरि गए । कोहि अझै पनि नेतृत्वको खोजीमै रुमल्लिरहेका छन् ।